हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धकमा पाण्डे |

काठमाडौं । हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्तकुमार पाण्डे नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार जानकारी दिए ।
बैठकले बूढीगण्डकी जलविद्युत आयोजनासम्बन्धी ०७५ असोज ५ गतेको निर्णय खारेज गर्ने निर्णय पनि भएको छ । जसअनुसार चिनियाँ कम्पनीले पाएको ठेक्का सम्झौता रद्द भएर अब सरकारले नै बनाउने भएको छ ।