नेपाल व्यवस्थापन संघमा पोखरेलको प्रतिनिधित्व |

काठमाडौं । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा व्यक्तिगततर्फ विजयी भएका छन् ।
शनिबार राजधानीको याक एन्ड यति होटेलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा उनी विजयी भएको जानकारी दिइयो । कार्यक्रममा मत परिणाम घोषणासहित विजेताबारे जानकारी गराइएको थियो ।