एन.सी.सी बैंक र दराजबिच सम्झौता |
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) र दराज अनलाइन सपिङबीच नेपाली नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५% सम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नायवमहा–प्रबन्धक मुकुन्द सुवेदी र दराजकातर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।
बैंकको कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुनलागेको नववर्ष २०७९ अभियान यही चैत्र २८ गतेदेखि सिमित समयको लागी डेबिड कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा १,००० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा १,५०० सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्ने जनाइएको छ । ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजै आवेदन दिन अनुरोध पनि गरिएको छ ।