अत्यावश्यक वस्तुबाहेक सबैको एलसी बन्द : वाणिज्य बैंक |
काठमाडौं । नेपाल बैकर्स संघले अत्यावश्यक बस्तुका आयातका लागि तत्कालका लागि प्रतित पत्र(एलसी) मा काडाइ गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले नगद मार्जिन तोकेका ४७ समुहका वस्तुको एलसी तत्कालका लागि नखुलाउने निर्णय भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
बैंकर्स संघका एक पदाधिकारीले भने, ‘बैंकहरुको सिडी रेसियो ९० भन्दामाथि पुगेकाले केहि हप्ताका लागि एलसी लगायतका क्षेत्रलाई कडाइ गर्ने निर्णय गरेको छ ।’ केहि हप्ता बैंकहहरुको तरलताको अबस्थालाई हेरेर पुन यस बारेमा निर्णय लिने गरि सबै बाणिज्य बैंकहरुले सहमति गरेका छन् ।’
साथै आउदो महिना बैशाखमा व्याजदर नबढाउने सबै बैंकरहरुले सहमति गरेको उनले बताए । राष्ट्र बैंकले गत सोमबार बैंकका २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुलाई बोलाएर अत्यवश्यक बाहेकका बिलासिताको वस्तुको एलसी रोक्न निर्देशन दिएको थियो ।
नेपाल सरकारले साइकल, डिजाइनका सवारी साधन, मोपेड तथा अत्यावश्यक मोटर उपकरण, चामल, कपडा उत्पादन, मेसिनरी तथा पार्टपुर्जा, सुन, धान, विद्युतीय उपकरण, तयारी लुगा, चाँदी र धागो आयातमा रोक लगाएको छ ।
यसबाहेक सिमेन्ट, खेलौना, जार, खेलकुदका सामान तथा त्यससँग सम्बन्धित वस्तु, ढुङ्गाको सजावट सामाग्री, चाँदी, चाँदीको नक्काशीका सामाग्री, फायरप्लेसका सामान, फर्निचरलगायतका वस्तु पैठारीका लागि लेटर अफ क्रेडिट (एलसी) खुला गरिने छैन । अर्थात् अर्को आदेश नभएसम्म आयातमा रोक लगाइनेछ ।
त्यसैगरी काठ, हेयर क्रिम र स्याम्पु, परफ्युम, हिँड्ने स्टिक, जुत्ता, मेकअपका सामान, दाँतका लागि कोष्ठक, चारकोल तथा फर्निचर, छाता र बुनाईका कपडा पैठारीका लागि पनि एलसी नखोल्ने भएको छ ।
यससँगै बिरुवा, खुर्सानी, माछा, तरकारी तथा कागती, दुग्धजन्य पदार्थ, सुपारी, चना, प्राकृतिक मह र अण्डा, केरा र चिप्स, मासु, अप्टिकल, मेडिकल र सर्जिकल उपकरणलगायत धेरै वस्तुको आयातमा रोक लगाइएको छ ।