रेडमि नोट ११एस र रेडमि नोट ११प्रो ५जी नेपाली बजारमा, मूल्य कति? |
काठमाडौं । शाओमीले रेडमि नोट ११ए्, र रेडमि नोट११ प्रो ५जी नेपालमा लन्च गरेको छ।
हरेक वर्ष एकसेएक नयाँँ प्रविधि र फिचरहरु भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेड सहित यी नयाँँ फोनहरु बजारमा ल्याएको जनाएको छ।
शाओमीले यी फोनहरुको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एसओसीमा उल्लेखनीय सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको छ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने, ‘हामीले जुनै पनि नयाँँ काम गर्दा हाम्रा उपभोक्ताहरुको रोजाइ र चाहनालाई ध्यानमा राखेर गर्ने गर्दछौँ। त्यसैले हामी प्रविधिलाई सकेसम्म धेरै भन्दा धेरै मानिसहरु सम्म सहज रुपमा पुर्याउन चाहन्छौँ। हामीले अहिले लन्च गरेको रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५जी ले फ्ल्यागशिप लेभलको प्रविधिलाई अझै धेरै पहुँचयोग्य बनाउँदै इन्डस्ट्री स्ट्यान्डर्डलाई अझ बढाएको छ र प्रविधिलाई सुलभ मुल्यमा सर्वसाधारणसम्म पुर्याउने हाम्रो मुल मान्यतालाई साकार बनाएको छ।’
उत्कृष्ट फोटोग्राफिको लागि फ्ल्यागशिप लेभलको क्यामरा
१०८ एमपीको प्राइमरी सेन्सर भएको यी फोनहरुमा जिवन्त र हाइ रेजोलुसनको तस्बिरहरु लिन मिल्छ। साथै यसमा भएको ८ एमपिको अल्ट्रा वाइड एङल क्यामराले ११८ डिग्रीसम्मको फोटो लिनुको साथै २ एमपिको म्याक्रो क्यामराले नजिकबाट फाइन डिटेल लिन सक्छ ।
साथै यसको २ एमपि डेप्थले पोर्ट्रेट फोटोहरुमा नेचुरल बोके इफेक्ट दिन्छ। १/१.५२ को सामसँग एचएम२ सेन्सर, ९ इन १ पिक्सेल बिनिङ टेक्नोलोजी र डुअल नेटिभ आइएसओ भएको यसको मेन क्यामराले मधुरो प्रकाशमा पनि उच्च गुणस्तरीय तस्विरहरु लिन सक्छ।
यसको अगाडि भएको १६ एमपीको क्यामराले क्लियर र नेचुरल सेल्फीहरु लिन सक्छ।
यस्तो छ, मूल्य
जिबि+१२८ जिबि– रु २९ हजार ९९९।
८जिबि + १२८ – रु ३१ हजार ९९९।
रेडमि नोट ११ प्रो ५जी
६जिबि+१२८ जिबि– रु ३६ हजार ९९९।
८जिबि + १२८ जबि – रु ३९ हजार ९९९।