पुराना मोटरसाइकलसँग लिभ्निङ स्कूटी एक्चेञ्ज गर्न सकिने |
काठमाडौं । लिभ्निङ स्कुटर को आधिकारिक विक्रेता तथा वितरक इभी मोटर्स नेपालले हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ४ बजे सम्म इक्चेञ्ज मेला कार्यक्रम आयोजना गरिरहेको छ । इच्छुक स्कुटर पारखी महानुभावहरुले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरी नयाँ स्कुटर लैजान सक्ने छन् । ग्राहकले पुरानो मोटरसाइकलको न्यूनतम मूल्य १५ हजारसम्म प्राप्त गर्न सक्नुे योजना यस कार्यक्रममा रहेका छन् । त्यस बापत आफ्नो पुरानो मोटरसाइकल एक्चेञ्ज गरी नयाँ लिभ्निङ स्कुटर इभी खरिद गर्न सकिनेछ । यसरी खरीद गरिएको स्कुटरमा ३५ हजारसम्मको छुट प्राप्त गर्ने सकिने छ ।
लिभ्निङ इभी नेपालमा हाल उपलब्ध विद्युतीय स्कुटरहरुमध्येमा सर्वाधिक रुचाइएको तथा विशिष्ट रूपले निर्माण गरिएको स्कुटर हो । यसमा एलजी वा सामसुङको लिभिम्म ब्याट्रिको प्रयोग गरिएको छ । जुन जर्मनीको बोस्च मोटरको उत्पादन हो । इभी मोर्टस नेपालका संम्पूर्णमा विद्युतीय स्कुटरको प्रयोग गर्ने सुझाव प्रस्तुत गर्दे आएको छ ।
यस स्कुटरले अन्य पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा वार्षिक रूपमा ९३ हजार रुपैयाँसम्म बचत गर्न सक्ने रहेको छ । एक्चेञ्ज मेला कार्यक्रमा सहभागीभई जित्नुहोस् फि वासिङ र सभिसिङ सेवा समेत अफर गरिएको छ । साथै रमाइले खेल समेत खेलेर नयाँ अकर्षक उपहार समेत जित्न सकिने योजना ल्याएको कम्पनीले जनाएको छ ।