नेपाली ब्याण्ड सुरसुधा र विश्व चर्चित ब्याण्ड (पीएफसीएफ) को सहकार्यमा विभिन्न कार्यक्रमहरु हुने |
काठमाडौँ । नेपाली लोक तथा परम्परागत संगीतको सम्मान तथा संगीतको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा नेपाली ख्याती प्राप्त म्युजिक ब्यान्ड सुरसुधा र विश्व चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ)ले मंगलबार पर्यटन बोर्डमा सांगितिक कार्यक्रमका विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले गीत संगीत पर्यटन प्रवद्र्धनको लागि शशक्त माध्यम भएको उल्लेख गर्दै सुरसुधा र (पीएफसीएफ)ले गरेका कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘अहिले नेपालमा करिब ९० प्रतिशतले कोरोना विरुद्धको खोप लिइसकेको अवस्था छ । नेपाल पर्यटनका लागि पुनः खुला भएकाले अब पर्यटकीय गतिविधि चलायमान हुने अपेक्षा गरेका छौं ।’– उनले भने ।
यस्तै सुरसुधाका संस्थापक सुरेन्द्र श्रेष्ठले (पीएफसीएफ)ले विश्वभरका कलाकारहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्दै विश्व शान्तिको सन्देश दिने गरेको बताए । उनले संगीतको माध्यमबाट विश्वभर नेपाली पर्यटन प्रवद्र्धन गर्न सकिने समेत बताए । कार्यक्रममा (पीएफसीएफ) का सहसंस्थापक विलियम औराले संगीतले शान्ति सद्भाव र एकताको प्रतीक भएको बताउँदै नेपालको विविधिताबाट प्रभावित रहेको धारणा राखे । यस्तै (पीएफसीएफ)मा कार्यकारी निर्देशक ज्याक ग्रोसङ मजवुतको नेपाल कला र संस्कृतिका हिसावले धनी रहेको उल्लेख गर्दै संगीतको माध्यमबाट नेपालको पर्यटन प्रर्वद्धन हुनेमा आफु र आफ्नो टीम विश्वस्त रहेको बताए ।
प्रख्यात नेपाली ब्याण्ड सुरसुधाले सन २००९ देखि प्लेईङ फर चेन्ज फाउण्डेशनसँगको सहकार्यमा नेपाली संगीतलाई विश्वमाझ पु¥याउन विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यी दुवै ब्याण्डको सहकार्यमा नेपाल तथा विश्वभर विभिन्न कार्यक्रमहरु समेत आयोजना हुनेछन् । (पीएफसीएफ) ले सन् २००७ मा चार महादेशको १४ देश तथा ५० स्थानमा यस प्रकारका कार्यक्रम आयोजना गरेको थियो । यो समुहको विश्वभर २ अर्ब (२ विलियन) बढि फलोअर रहेका छन् । संगीतका माध्यमबाट विश्व बन्धुत्व, भाइचारा आपसी सहकार्य र जनचेतनामुलक अभिवृद्धिका विभिन्न काम गर्न सकिने धारणा राख्ने यो समुह (पीएफसीएफ) ले नेपालमा विभिन्न्न ६ स्थानमा करिब चार हजार समुदायहरुका बीच मानव बेचबिखनविरुद्ध तथा महिला शसक्तिकरणका लागि संयुक्त राष्ट्र संघ संघको सहर्कामा (पीएफसीएफ) र नेपाली संगीतकारहरुका सांगीतिक भिडियोहरु ओलम्पिक गेममा समेत प्रस्तुत गरिएका छन् ।
यस्तै यो समुहले सांगितिक क्षेत्रमा नोवल पुरस्कार भनेर चिनिने पोलर म्युजिक अवार्डसमेत प्राप्त गरेको छ । (पीएफसीएफ) मा विश्व चर्चित संगितकारहरु फ्यारेल विलियम्स, बोनो, रिंगो स्टार, बिलि इलिस, एनी लेनोहक्स, एडम लेभिन, स्ल्यास, किथ रिचार्डस, ब्रान्डी कार्ली, पिटर ग्राबियल, यो–यो मा जस्ता कलाकारहरु रहेका छन् । यो समुहले विश्वभरका सिमान्तकृत समुदाय, निम्न आय भएरका समुदाय तथा युवाहरुको शैक्षिक तथा सामाजिक अवसर प्राप्त गर्न प्रेरित गर्ने गरी कार्यक्रमहरु आयोजना गर्ने गर्दछ । यो कार्यक्रमले नेपाली संगीतलाई पनि विश्वव्यापी बनाउन तथा गीत संगीतको माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धन हुने अपेक्षा नेपाल पर्यटन बोर्डले गरेको छ ।