नेपाल फाइनान्सलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल फाइनान्स लिमिटेड लाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई चैत ८ गते हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।
त्यस अनुसार फाइनान्सले एक १ः०.७० अनुपातमा ३४ करोड ५४ लाख रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
ललितपुर फाइनान्सलाई प्राप्ति गरेपछि कम्पनीको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार रुपैयाँ पुगेको छ । चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन पछि फाइनान्सको चुक्ता पूँजी ८३ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।
फाइनान्सले हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धक प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
फाइनान्सले कार्तिक १ गते हकप्रद निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।