घर बनाउँदा कस्तो–कस्तो पाइप चाहिन्छ ? |

सामान्यतया सर्वसाधारण नेपालीले जीवनमा कम्तीमा पनि एकपटक घर अवश्य बनाउँछन् । आफ्नो जीवनभरको बचत रकम लगानी गरेर बनाइने घर सामान्य गल्तीका कारण कमजोर भयो भने एकातिर धनको नाश भयो, अर्कोतिर असुरक्षित पनि हुने भयो । त्यसैले घर बनाउँदा सकेसम्म कुनै गल्ती नहोस् भनेर चनाखो हुनुपर्छ । अनुभव तथा जानकारीको अभावमा घर बनाउने क्रममा गल्ती हुन सक्छ र यस्ता गल्तीहरु मध्य पाइपिङ र प्लम्बिङ सम्बन्धि गल्तीहरु अत्याधिक हुने गरेका छन् । किनकी यो विषयलाई खासै प्राथमिकता दिइएको पाइँदैन । जबकी सम्पूर्ण घर निर्माण गर्न लाग्ने खर्चको जम्मा २ देखी ३% खर्च मात्र प्लम्बिङको लागि हुने गर्छ । घर राम्रो र बलियो बनाउन सही निर्माण सामाग्रीको साथ–साथै सहि पाइपिङ र प्लम्बिङको छनोट पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ किनकि घरको लागि पाइपिङ भनेको शरीरको लागि नशा जस्तै हो ।
त्यसैले, आज हामी तपाईलाई घर बनाउँदा कस्तो–कस्तो किसिमको पाइप कहाँँ–कहाँँ प्रयोग हुन्छ र गुणस्तरीय पाइप कसरी छनौट गर्ने भन्ने बारेमा जानकारी दिँदैछौं। यी जानकारीहरुले तपाईंलाई घर बनाउँदा निकै पैसा बचाउन र आफ्नो घर अनुभवी निर्माताले बनाए जस्तै बनाउन सहयोग गर्नेछन् ।
१. एउटा सामान्य घर बनाउँदा कस्तो–कस्तो पाइपको प्रयोग हुन्छ ?
एउटा सामान्य घर बनाउँदा प्राय ३ किसिमको पाइपहरु लाग्दछन्; भान्छा र बाथरुमको लागि सिपिभिसि, ड्रेनेजको लागि ड्रेनेज पाइप (जस्तै मंगलम प्रोड्रेन) र वायरिङ्गको लागि इलेक्ट्रिकल कन्डुएट पाइप (जस्तै मंगलम वायर–सेफ)। खानेपानी र ड्रेनेजको लागि छुट्टा–छुट्टै किसिमको पाइपहरु प्रयोग गरिए पनि वायरिङ्गको लागि भने कालो एचडिपिइ पाइप नै अझै पनि प्रयोग गरिन्छ । वायरिङ्गको लागि नै बनेको इलेक्ट्रिकल कन्डुएट वायर–सेफ पाइप प्रयोग नगर्दा विभिन्न किसिमको विद्युतीय दुर्घटनाहरु हुने जोखिम बढी हुन्छ ।
२. पाइपको प्रकृति अनुसार तिनको प्रयोग पनि छुट्टा–छुट्टै हुन्छ ?
एउटा घरमा विभिन्न प्रकृतिका पाइपहरु राख्नुपर्ने हुन सक्छ । यस्ता पाइपको प्रकृति अनुसार तिनीहरुको प्रयोग पनि छुट्टै हुन्छ । सिपिभिसी पाइपको प्रयोग मुख्यतया खानेपानी, तातो र चिसो पानीको लागि प्रयोग गरिन्छ भने प्रोड्रेन ड्रेनेज र ढल निकास, मंगाल आदिको लागि प्रयोग हुन्छ । त्यस्तै विजुलीको तार, केवल आदिको वायरिङ्गको लागि वायर–सेफको प्रयोग गर्नुपर्दछ । जानकारीको अभावले प्रायः मानिसहरु वायरिङ्गको लागि कालो एचडिपिइ पाइप नै प्रयोग गर्छन् तर यो पाइप वायरिङ्गको लागि बनेको हुँदैन र यसले विद्युतीय जोखिमहरुबाट बचाउँदैन ।
३. विभिन्न प्रयोगका लागि पाइपको छनोट गर्दा के–कस्तो कुरा ध्यानमा राख्नुपर्छ ?
आफ्नो घरको लागि पाइप छनोट गर्दा थुप्रै कुराहरुमा विचार पु¥याउनुपर्छ । माथि भनिए जस्तै तिनीहरुको प्रकृति र उपयोग, तिनीहरुको बजारमा उपलब्धता, गुणस्तर, रिप्लेसमेन्ट वारेन्टि आदि ।
४. घर बनाउने क्रममा गुणस्तरीय पाइपको प्रयोग नगर्दा कस्तो–कस्तो समस्याहरु आइपर्न सक्छन ?
जिन्दगी भरीको कमाइ खर्चेर बनाइने घरमा यदि पाइप गुणस्तरीय परेन भने विभिन्न किसिमका समस्याहरु आइपर्न सक्छन् । जस्तै, चाप सहन नसकेर पाइप फुट्ने, पानी चुहिने, धारामा आउनुपर्ने जति पानी नआउने, अत्यधिक तातो अथवा चिसो तापक्रम सहन नसक्ने, पाइपको भित्री भागमा लेउ जम्मा हुने, पाइपमा प्रयोग भएको रसायन पानीमा मिसिने, पाइप खिइने आदि । त्यस्तै वायरिङको लागि पनि सामाग्री गुणस्तरीय नभएमा सट सर्किट भएर आगलागी हुने घटनाहरु हुन सक्छन् ।
५. आफुले प्रयोग गर्ने पाइप गुणस्तरीय छ वा छैन भनेर कसरी थाहा पाउने ?
यसको लागि सरकारले तोकेको गुणस्तर मान्यता र मापदण्डको प्रमाणपत्र पाएको छ कि छैन, ल्याब टेस्ट पास भएको छ कि छैन यस्ता कुराहरु बुझेर पाइप लिएमा भविष्यमा आइपर्न सक्ने समस्याहरुबाट आफु र आफ्नो घरलाई जोगाउन सकिन्छ र अनावश्यक खर्च हुनबाट पनि जोगिन सकिन्छ । पाइप किन्दा विश्वसनीय ब्रान्डबाट सामान किन्नु उपयुक्त हुन्छ र किन्नु अगाडि सम्बन्धित कम्पनीको वेबसाइटबाट वा सम्बन्धित व्यक्तिलाई भेटेर विस्तृत जानकारी लिनुपर्ने हुन्छ ।
नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले क्ष्क्इ द्धडढछ गुणस्तर मान्यता प्राप्त यी उत्पादनहरु बजारमा ल्याएको छ । मंगलम्को हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् । मंगलम्को यी उत्पादनहरु प्लम्बिङ पेशामा लागेका अनुभवी पेशाकर्मीहरुको साथै घर–धनीहरु र निर्माण व्यवसायीहरुको पहिलो र विश्वसनीय रोजाइ हो ।