रियलमी ९ प्रोे+ ५जी नेपाली बजारका लागि सार्वजनिक |
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी ९ प्रोे+ ५जीनेपाली बजारमा सार्वजनिक गरेको छ।
उत्कृष्टताका साथ तयार गरिएको रियलमी ९ प्रो+ ५जी मा मध्य–दायरा खण्डमा फ्ल्यागशिप क्यामेरा र शक्तिशाली ५जी प्रोसेसर रहेको छ।
साथै, यस स्मार्टफोनमा रङ परिवर्तन इफेक्ट भएको सुन्दर लाइट सिफ्ट डिजाइन रहेको छ। आफ्नो नम्बर सिरिजमा रियलमीले फेरि पनि विश्वभरका प्रयोगकर्ताहरुका लागि उत्कृष्ट अनुभव प्रदान गर्न मध्य देखि उच्च खण्डमा थप विस्तार गरिरहेको दाबी गरेको छ।
युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी ९ प्रो+ ५जी को बारेमा रियलमीका ईण्डियाका प्रमुख कार्यकारी अधिकृत, रियलमीका उपाध्यक्ष तथा रियलमी इन्टरनेशनल बिजनेस ग्रुपका अध्यक्ष माधव शेठ भन्छन्, ‘रियलमीको नम्बर सिरिज नेपाल सहित विश्वभरिका प्रयोगकर्ताहरु माझ लोकप्रिय छ। हामीले विश्वभरि ४ करोड नम्बर सिरिजका स्मार्टफोनहरु वितरण गरिसकेका छौं र यो उपलब्धी हासिल गर्न यस पछाडि रहेको हाम्रो नवीन प्रयोग प्रतिको हाम्रो प्रतिबद्धता नै मुख्य कारक हो। रियलमी ९ प्रोे+ ५जी को साथमा हामी नम्बर सिरिजलाई अझ विस्तार गर्नेछौं र केही हदसम्म प्रिमियम सुविधाहरु लिएर आउनेछौं । यस स्मार्टफोनमा ५जी प्रोसेसरका साथै आकर्षक क्यामेराहरु रहेका छन्। हामीलाई विश्वास छ यस स्मार्टफोनबाट प्रयोगकर्ताहरुले भिन्न अनुभव गर्नुहुनेछ।’