ह्वावेलाई अन्तर्राष्ट्रिय डाटा संरक्षण ट्रस्टमार्क सर्टिफिकेशन अवार्ड प्रदान |
काठमाडौं । सिंगापुरको इन्फोकम मिडिया विकास अथरिटीले आफ्नो डाटा प्रोटेक्सन ट्रस्टमार्क सर्टिफिकेशन अवार्ड ह्वावेको सिङ्गापुरस्थित सहायक कम्पनीलाई प्रदान गरेको छ । यो अवार्ड सिङ्गापुरको व्यक्तिगत डाटा संरक्षण ऐनसँग पूर्ण रूपमा पालना गर्ने डाटा सुरक्षा व्यवस्था भएका व्यवसायहरूलाई दिइन्छ ।
ह्वावेले लामो समयदेखि ग्राहकको गोपनीयता संरक्षणमा आफ्नो प्रतिबद्धता जनाउँदै आएको छ भने । ह्वावे अन्तर्राष्ट्रिय प्रालिले अवार्ड पाएपछि ह्वावे इन्टरनेशनलका सीईओ फू फ्याङ योङले भने, ‘व्यक्तिगत डाटा सुरक्षा कानुनी आवश्यकता मात्र होइन, यो सामाजिक उत्तरदायित्व हो ।
यो सर्टिफिकेशनले गोपनीयता संरक्षणको लागि हाम्रो प्रतिबद्धतालाई जोड दिन्छ । हाम्रा उपभोक्ता, ग्राहकवर्ग, आपूर्तिकर्ता, साझेदार, कर्मचारीहरु र अन्य सान्दर्भिक सरोकारवालाहरूले उहाँहरूको व्यक्तिगत डाटा राम्रोसँग सुरक्षित छन् भनी आश्वस्त हुन सक्छन् । हामी सजग छौं र सधैं सबै गोपनीयता र व्यक्तिगत डाटा सुरक्षा कानून र नियमहरूको पालना गरेका छौं जुन हामीले सञ्चालन गर्ने हरेक क्षेत्राधिकारमा रहन्छ । हामीले हाम्रा दिन(प्रतिदिनका सबै व्यापार प्रक्रियाहरूमा गोपनीयता सुरक्षा आवश्यकताहरू समावेश गरेका छौं ।’