आन्तरिक तथा सीमा पर्यटन प्रवद्र्धनका लागि आन्तरिक ट्राभल मार्ट |
काठमाडौं । आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले (बोर्डर टुरिज्म) देशका विभिन्न क्षेत्रमा आन्तरिक टुरिज्म मार्ट सुरु गरेको छ । यसैक्रममा पर्यटन बोर्डले यही चैत ११ देखि १३ गतेसम्म प्रदेश नं १ को धरानमा ‘इस्टर्न ट्राभल मार्ट’ आयोजना गर्ने भएको छ ।
बोर्डमा आज आयोजित पत्रकार सम्मेलनमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिए । नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीको व्यावसायिक गतिविधिको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरसँग व्यावसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट‘ को आयोजना गर्न बोर्डको चालु आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रमअनुरूप यी कार्यक्रम सञ्चालन गरिएको कार्यकारी प्रमुख डा रेग्मीले बताए ।
यसै सन्दर्भमा नेपालगञ्ज, बर्दिया र कर्णाली प्रदेशको पर्यटन गतिविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा नेपालगञ्जमा गत फागुन २६, २७ र २८ गते ‘वेस्टर्न ट्राभल मार्ट’ सम्पन्न भएको छ । उक्त मार्टमा नेपालगञ्ज शहरलाई गेटवे अफ कर्णालीका रूपमा प्रवद्र्धन गरिएको थियो ।
त्यसैगरी धरान उपमहानगरपालिकासँगको सहकार्यमा प्रदेश नं १ को धरानमा इष्ट टुरिज्म मार्ट र धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमा आगामी चैत्र २५, २६ र २७ गते ‘फारवेष्ट ट्राभल मार्ट’ आयोजना गर्न लागिएको पर्यटन बोर्डले जनाएको छ ।
प्रदेश नं १ को समग्र पर्यटन गतिविधि तथा गन्तव्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रचार गर्ने उद्देश्यका साथ धरानमा मार्ट आयोजना गर्न लागिएको इष्ट टुरिज्म मार्टका संयोजक भवेशकुमार श्रेष्ठले जानकारी दिए । धरानमा सन् २०१८ देखि नै मार्ट आयोजना हुँदै आइरहेकोमा इष्ट टुरिजम मार्ट २०२२ यसको तेस्रो संस्करण भएको उनले जानकारी दिए ।
चैत २५, २६ र २७ गते धनगढीमा आयोजना गर्न लागिएको फारवेष्ट ट्राभल मार्ट २०२२ मा (Beautiful Farwest : Sukla to ApiSaipals) ब्राण्डिङ गरी सुदूरपश्चिमको प्रवद्र्धन गरिने बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिए । यी मार्टहरुमा नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० का प्रदेशस्तरीय च्याप्टरका साथै स्थानीय पर्यटन सम्बद्ध संस्थाको सक्रिय सहभागिता रहेको छ ।
यी मार्टहरुमा सीमावर्ती भारतीय सहरका टुर अपरेटरलाई क्रेताका रूपमा सहभागी गराई नेपालका टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवाप्रदायकबीच यस क्षेत्रका टुर प्याकेज बिक्री प्रवद्र्धन गर्ने विषयमा व्यावसायिक अन्तरक्रिया हुनेछ । यी मार्टहरुमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरुले आकर्षक स्टलका साथ प्याकेजको प्रवद्र्धन गर्ने बोर्डका वरिष्ठ निर्देशक ऐरले जानकारी दिए ।
मार्टमा टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाले आकर्षक स्टलका साथ प्याकेजको प्रवद्र्धन गर्नेछन् । स्थानीय सांस्कृतिक झाँकी, सांस्कृतिक प्रस्तुति र फुड स्टलहरु मार्टको आकर्षणका रूपमा रहेका छन् ।
स्थानीय सांस्कृतिक झाँकी, सांस्कृतिक प्रस्तुति र फुड स्टल मार्टको आकर्षणका रूपमा रहेको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटकीय आकर्षण झल्किने पेभिलियन निर्माण गरी प्रदेशका पर्यटन व्यवसायी प्रतिनिधिबीच टुर प्याकेजको आदानप्रदान हुने जनाइएको छ ।