स्पारो एसएमएस सेवाको १२ वर्ष पूरा, १० हजार भन्दा बढी ग्राहकहलाई सेवा |
भरतपुर । स्पारो एसएमएस सेवा प्रदायकले १२ वर्ष पूरा गरेको छ । आज आइतबार यस संस्थाले १२ औँ वार्षिकोत्सव मनाउँदैछ । १० हजार भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको स्पारोले आइतबारदेखि सेवाको १२ वर्ष पूरा गरेको हो।
कम्पनीले सरकारी संस्थाका साथै आपतकालीन र प्राकृतिक प्रकोपको अवस्थामा पनि आफ्नो सेवा प्रदान गरिरहेको जनाएको छ ।
कम्पनीले आफ्नो एसएमएस सेवाको रूपमा ब्लक एमएमएस र एपीआई गेटवे प्रदान गर्दै आएको छ। १२ औं वार्षिकोत्सवको अवसरमा स्पारो एसएमएसले थप सेवाहरू भाइबर विजनेस म्यासेजिङ र स्पारो भ्वाइस सेवाहरू पनि लन्च गर्ने जनाएको छ ।
Visited 1 times, 1 visit(s) today