ईस्लिङटन कलेजले मनायाे रजत जयन्ती |
काठमाडौं । ईस्लिङटन कलेजले स्थापनाको रजत जयन्ती मनाएकाे छ । सन् १९९६ मा स्थापना भएको ईस्लिङ्टन आईटी र व्यवस्थापन संकायमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको कलेज हो ।
तीन सय बढी प्राध्यापक र कर्मचारी रहेको यो कलेजबाट हरेक वर्ष ९८.६ प्रतिशतको हाराहारीमा विद्यार्थीहरु उतीर्ण हुँदै आएका छन् । २५ वर्षको यो अवधिमा कलेजले ५ हजार ५०० भन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेकाे छ।
ईस्लिङटन कलेजबाट उतीर्ण भएका विद्यार्थीहरु नेपालको घरेलु बजारमा अत्याधिक खोजी हुँदै आएकाे कलेजले जनाएकाे छ। स्वदेशमा मात्र नभइ बिदेशमा पनि उनीहरुको प्रदर्शन अब्बल दर्जाको हुने गरेको छ । कोटिभिटीका प्रवन्धक वरिष्ठ इन्जिनियर सुशील जाकीबन्जा भन्छन्, 'ईस्लिङटनबाट उतीर्ण भएकाहरु प्राविधिक ज्ञान र क्षमताबारे अभूतपूर्व थिए । उनीहरुमा विशेष ज्ञान थियो ।' स्थापनाको २५ वर्षमा कलेजले शैक्षिक र व्यवसायिक विकासमा उत्कृष्टताको नमूना प्रदर्शन गर्दै आएका पनि जानकारी दिएकाे छ।
आधुनिक प्रविधी, अत्याधुनिक प्रयोगशाला र लेक्चर कक्षा, सिकाइ अनुकूल कक्षा कोठा तथा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार ईस्लिङटन कलेजमा उपलब्ध छ ।
ईस्लिङटन कलेजले नवीन शिक्षाको दाबी गरेकाे छ । प्राध्यापक, शिक्षाविद् तथा विद्यार्थीहरु नयाँनयाँ खोज र अनुसन्धानमा विश्वास गर्दा सिकाई र पढाईमा नौलोपन ल्याउने मात्र हैन नयाँनयाँ सोचको विकास समेत गरिदिने बताइएकाे छ । आईटी र व्यवस्थापन संकायमा कलेजले वर्षेनी दक्ष र बजार सुहाउँदो जनशक्ति उत्पादन गरिरहेकाे र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेकाे छ ।