फागुनमा वाणिज्य बैंकमा थपियो २१ अर्ब निक्षेप, कर्जा प्रवाह १३ अर्ब |
काठमाडौं । फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा उल्लेख्य सुधार देखिएको छ । यस महिना वाणिज्य बैंकहरुको निक्षेप २१ अर्बले बढेको हो ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार गत माघ २९ गतेसम्म ४३ खर्ब ११ अर्ब निक्षेप संकलन भएको थियो । उक्त निक्षेप बढेर फागुन ६ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुमा ४३ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप पुगेको थियो ।
फागुन १३ गते शुक्रबारसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप थियो । उक्त निक्षेप संकलन बढेर फागुन २० गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुमा ४३ खर्ब २४ अर्ब रुपैयाँ पुग्यो । त्यस्तै, फागुन २७ गते शुक्रबारसम्म बैंकहरुमा ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।
संघको तथ्यांक अनुसार फागुनको अन्तिम दिन ३० गते सोमबारसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । फागुन १ गतेदेखि ३० गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुले २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको देखिन्छ ।
यस अवधिमा कर्जा प्रवाह पनि बढेको छ । फागुन महिनामा वाणिज्य बैंकहरुले १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । संघको तथ्यांक अनुसार गत माघ २९ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह बढेर फागुन ६ गतेसम्म आइपुग्दा ४१ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको थियो ।
त्यस्तै, उक्त कर्जा प्रवाह फागुन १३ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ४१ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको थियो । फागुन २० गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । फागुन ३० गतेसम्म बैंकहरुले ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको संघको तथ्यांकमा उल्लेख छ ।