पुरानो मेडिकल कलेज भरतपुरमा निःशुल्क दन्त शिविर आयोजना गरिदैं |

चितवन । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा निःशुल्क दन्त शिविर हुने भएको छ । विश्व मुख स्वास्थ्य दिवस (ओरल हेल्थ डे) को अवसर पारेर भोलि आईतबार शिविर आयोजना गरिएको हो ।
शिविर अस्पतालको दन्त रोग भवनमा नै हुनेछ । डेण्टल विभागका डा. सफलढुंगेलका अनुसार बिहान ९ बजेबाट साँझ ५ बजेसम्म शिविर संचालन गरिने
छ । शिविरमा ओपिडि टिकट, दाँत निकाल्ने, दाँतको सामान्य भराई, परामर्श निःशुल्क दिईने छ भने अन्य सेवाहरुमा १० प्रतिशतको छुटको व्यवस्था रहेको डा. ढुंगेलले जानकारी दिनुभयो।अस्पतालले विभिन्न अवसरमा अस्पताल तथा समुदायमा पुगेर शिविरहरु संचालन गर्दै आएको छ । दिवसको अवसरमा आईतबार बिहान जनचेतनामूलक ¥याली समेत आयोजना गरिएको छ ।