चर्चित फिल्म स्टार आँचल शर्मा प्यारासुट नेचुरल स्याम्पुका लागि ब्राण्ड एम्बेसडर |
काठमाडौँ । प्यारासुट नेचुरल स्याम्पुले चर्चित अभिनेत्री आँचल शर्मा दवाडीलाई नयाँ क्याम्पेनको लागि ब्राण्ड एम्बेसडरको रुपमा अनुबन्ध गरेको छ । ब्राण्डका सम्पूर्ण स्याम्पुका रेन्जहरू शर्माले प्रचार गर्नेछिन् ।
अभिनेत्रीको रुपमा सफल, आँचल शर्माले पटक पटक विभिन्न हेयरस्टाइल र ट्रिट्मेण्ट गराई राख्नु पर्नेहुन्छ, जसले गर्दा उनलाई दैनिक हिसाबमा आफ्नो कपालको बनावट र नरमीपना कायम राख्न गाह्रो हुन्छ । प्राकृतिक गुणहरूद्वारा तयार पारिएको प्यारासुट नेचुरल स्याम्पुले कपाललाई नियमित रुपमा रेशमी, चम्किलो र बलियो राख्न मद्दत गर्दछ । उत्पादनलाई प्रचार गर्नु अघि, आँचलले स्याम्पु प्रयोग गरी हेरेको थिइन र दैनिक कपाल पोषणका लागि उनले प्यारासुट अत्यन्तै प्रभावकारी पाइन् ।
प्यारासुट नेचुरल प्राकृतिक प्याराबेन फ्री स्याम्पु हो जुन ३ भेरियण्टमा उपलब्ध छ । प्यारासुट नेचुरल स्याम्पुको प्रत्येक भेरियण्टमा नरिवलको दूध प्रोटीनको गुण समावेश छ, जुन कपाललाई जरासम्म पोषण प्रदान गर्न र बलियो बनाउनका लागि उपयुक्त मानिन्छ । नेचुरल स्याम्पुको प्रत्येक भेरियण्टमा विशेष प्राकृतिक गुणहरु पाइन्छ । कपाललाई रेशमी र मोइस्चराइज गर्नका लागि एलोभेराको गुण समावेश छ । त्यसैगरी, एन्टी–हेयर फल भेरियण्टमा हिनाको प्राकृतिक गुण छ, जसले कपाललाई बाक्लो बनाउन मद्दत गर्छ र ड्यामेज रिपेयर भेरियण्टमा हिबिस्कस हुन्छ जसले कपाललाई नरम बनाउँछ ।
प्यारासुट नेचुरल स्याम्पुको नयाँ क्याम्पेनले कपालको हेरचाहका लागि, स्याम्पु प्रयोगकर्ताहरूलाई “केमिकललाई भनौँ “नो”, नेचुरल लाई भनौँ “यस,” भन्ने नाराका साथ उत्पादन बिक्रि शुरु गरेको थियो । “सबैको जीवनमा स्याम्पुको विशेष भूमिका रहेको छ, त्यसैले सही स्याम्पु छनौट गर्नु धेरै महत्वपूर्ण हुन्छ । नरिवलमा आधारित कपाल हेरचाह उत्पादनका लागि विश्वव्यापी रूपमा प्रख्यात प्यारासुटसँग आबद्ध हुन पाउँदा म हर्षित छु,” स्याम्पु बारे बोल्दै शर्माले भनीन ।
मेरिकोका बारेमाः
मेरिको, स्वास्थ्य, सौन्दर्य र कल्याणकारी क्षेत्रमा कामगर्ने एक उदीयमान बहुराष्ट्रिय कम्पनी हो। मेरिको एसिया र अफ्रिकाका उदीयमान २५ भन्दा बढी देशहरूमा आफ्नो बजार बिस्तार गर्दै आइरहेको छ। यसले कपालको हेरचाह, छालाको हेरचाह, खाद्य तेल, स्वस्थ खाना, सरसफाइ, र कपडाको हेरचाहका क्षेत्रहरूमा अग्रणी ब्राण्डहरूको संवर्द्धन गर्दछ। कम्पनीले, २०१९–२० मा, भारतमा बेचेका उत्पादनहरू साथै एसिया र अफ्रिकामा छनौट गरिएका बजारहरूमार्फत एक बिलियन डलरको कारोबार गरेको छ ।