बीओके डिबेन्चरको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त |
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)ले जारी गरेको डिबेन्चरको बिक्री प्रबन्धकमा एनआरईबीएल एस क्यापिटल नियुक्त भएको छ ।
बीओकेले एक हजार अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रकम बराबरको बि.ओ.के डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।
उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।