१०१ अंकले बढ्यो सेयर बजार |
काठमाडौँ । आइतबार सेयर बजारको परिसूचक नेप्से १०१ अंक बढेको छ । १०१.०७ अंकले बढेर नेप्से २६६७ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि केही बढेको छ । दिनभर ४ अर्ब ८७ करोड रुपैयाFको कारोबार भयो ।
कुल १८८ कम्पनीको मूल्य बढ्यो भने ४ को घट्यो । सबै उपसमूह बढेका छन् । बैंकिङ ५४, विकास बैंक २१०, फाइनान्स १०७, होटल तथा पर्यटन १५८, जलविद्युत ७५, जीवन बीमा ९२२, लगानी ३, उत्पादन ३०८, लघुवित्त १६३, निर्जीवन बीमा ५६७, अन्य ८६ र ब्यापार उपसमूह १११ अंकले बढे ।
७ कम्पनीको मूल्य १० प्रतिशत हाराहारी बढेको छ । एसियन लाइफ, ज्योति लाइफ, सानिमा लाइफ, इमर्जिङ नेपाल, कर्पोरेट डेभलपमेन्ट, सूर्य लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी संस्थापकको मूल्य १० प्रतिशत बढ्यो । मञ्जुश्री फाइनान्सको मूल्य ९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अपी पावर, आईसीएफसी फाइनान्स, टेलिकम र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी क्रमश: अगाडि रहे ।