सानिमा बैंकको मोबाइल बैंकिंङ्गबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने |
काठमाडौं । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सानिमा बैंक लिमिटेड सँग सम्झौता गरेको छ । उक्त सम्झौता पश्चात् सानिमा बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको सानिमा सजिलो ई– बैंकिङ्ग एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।
त्यस्तै, सानिमा बैंकका ग्राहकहरुले सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गरेर र सानिमा सजिलो ई–बैंकिङ एप मार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त सम्झौता को बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का बताउँछन् : “हाम्रा ग्राहकहरूलाई सजिलो फण्ड मोबिलिटीमा जोड्न यो हाम्रो लागि अवसर हो । यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालको यात्रामा सहयोग पुर्याउनेछ भन्ने आशा लिएका छौं ।”
खल्ती एप khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ ।