शेयर बजार लयमा फर्कियो, एकै दिन ५२ अङ्कको बृद्धी |
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन विहीबार दोहोरो अंकको वृद्धि देखिएको छ ।
आज नेप्से ५२.२१ अंकले बढेर दुई हजार ५ सय ६६ दशमलब ७९ विन्दुमा रोकिएको हो । त्यस्तै, आज २ अर्ब ७९ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार २ अर्ब ३५ करोड २३ लाख बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १८६ वटा कम्पनी बढेका छन् भने ५ वटा कम्पनी घटेका छन् ।