ह्वावेको ‘इन्टलीजेन्ट र्यान’ वायरलेस आर्किटेक्चर जारी |
काठमाडौं । ह्वावेले आफ्नो नयाँ वायरलेस नेटवर्क आर्किटेक्चर ‘इन्टलीजेन्ट र्यान’ को अनावरण गरेको छ ।।यो आर्किटेक्चर क्यारीयरहरूलाई सेवा सञ्चालन इन्टेलिजेन्स, एक्स्पेरियन्स अप्टिमाइजेसन र सिम्पलिफाइड ओएण्डएम प्रयोग गरेर अटोनोमस नेटवर्कहरू निर्माणको लागि मद्दत गर्न डिजाइन गरिएको हो ।
यसले नेटवर्कहरूलाई शून्य सर्भिस वेटिङ्ग, निरन्तर अनुभव, शून्य नेटवर्क त्रुटि र अप्टिमल अनुभव र ऊर्जा इफिसियन्सी बनाउने ह्वावेका उपाध्यक्ष र वायरलेस सोलुसन्सका प्रमुख मार्केटिङ अफिसर गान बिनले बताए ।
दिगो विकास प्रयासहरूका लागि ह्वावेले उद्योगहरूलाई सशक्त बनाउँने, डिजिटल संसारलाई प्रवर्द्धन गर्ने आफ्नो लक्ष्यलाई पुरा हुने दाबी गरेको छ । यो आर्किटेक्चर फेबु्रअरी २८ देखि मार्च ३ सम्म स्पेनको बार्सिलोनामा चल्नेछ ।