अल्का अस्पतालले ल्यायो नारी दिवसमा छुट योजना |
काठमाडौं । विश्व नारी दिवसको अवसरमा अल्का अस्पतालले महिलाहरुलाई उपचारमा छुट प्याकेज सार्वजनिक गरेको छ । ललितपुरको जावलाखेलमा रहेको अस्पतालले स्त्री रोग तथा प्रसूति सेवामा छुट प्याकेज सार्वजनिक गरेको हो । ओपिडीमा २० प्रतिशत, ल्याब टेष्टमा २० प्रतिशत, शल्यक्रिया, आइभिएफ र आइयुआइमा १० प्रतिशत छुट दिने घोषणा गरेको हो ।
नारी दिवसको अवसरमा फागुन २२ गतेदेखि २७ गतेसम्म एक हप्ता महिलाहरुलाई छुट दिइने अस्पतालका प्रशासन प्रमुख भगवान केसीले बताए । साथै, अस्पतालले नारी दिवस विशेष स्वास्थ्य प्याकेज कार्यक्रम पनि ल्याएको छ । जसमा सहुलियत दरमा महिलाहरुले आफ्नो स्वास्थ्य जाँच गर्न सक्ने अस्पतालले जनाएको छ ।
Visited 1 times, 1 visit(s) today