महासंघको नवौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना |
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको आयोजनामा फागुन २० गते शुक्रबार काठमाडौंको नक्सालस्थित भगवति वहालमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । महासंघले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको महासंघका सल्लाहकार समेत रहनुुभएका पुर्वमनत्री एवं प्रतिनिधीसभा सांसद कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरेका थिए । त्यसक्रममा उनले सुनचाँदी ब्यवसायीहरुलाई एकजुट भएर लाग्न सुुझाव दिए ।
त्यसक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले महासंघले रक्तदान कार्यक्रमको आयोजना गरी सामाजिक उत्तरदायित्व वहन गरेको बताए ।
त्यसक्रममा महासंघका विभिन्न ब्यक्तिहरुले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । रक्तादन कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य, उद्यमी ब्यवसायी, कर्मचारी र स्वतन्त्र ब्यक्तिहरुले समेत सहभागिता जनाउनुुभएको थियो ।
त्यसअघि पुुर्वमन्त्री श्रेष्ठले केक काटेर महासंघको स्थापना दिवसको उद्घाटन गरेका थिए ।
महासंघका उपाध्यक्ष एवं रत्तदान कार्यक्रमका संयोजक पवन कुमार सोमानीले कार्यक्रम भब्यरुपमा सम्पन् भएको बताए ।
महासंघको स्थापना दिवसका अवसरमा सातौं प्रदेश महासंघ तथा जिल्ला संघहरुले पनि विविध कार्यक्रम गरी यो दिवस मनाएका छन् ।
Visited 1 times, 1 visit(s) today