समता घरेलुले एफपीओ जारी गर्ने, आरबीबी मर्चेन्ट बिक्री प्रबन्धक नियुक्त |
काठमाडौं । समता घरेलु लघुवित्तले एफपीओ निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यी दुई संस्थाबीच नियुक्ति सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको छ ।
कम्पनीमा संस्थापक हिस्सा ७०% र सर्वसाधारण हिस्सा ३०% कायम गर्न २ लाख ८९ हजार ४४० कित्ता एफपीओ बिक्री गर्ने समता घरेलुले जानकारी गराएको छ ।