मंगलबार नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँट हुने |
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार (फागुन २४ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार (फागुन २४ गते) आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री–अलोटमेन्ट आज आइतबार (फागुन २२ गते) सम्पन्न भएको छ । यता, नेष्डो समृद्ध लघुत्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु भएको छ । यसमा मागभन्दा ३९.०२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ७७ हजार ४५६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २५ लाख ३२ हजार ६७० जनाको भने हात खाली हुनेछ ।
यसमा कुल २६ लाख १० हजार १२७ जनाले ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । कुल ३ अर्ब २ करोड २४ लाख २५ हजार रुपैयाँ बरारको आवेदन परेको छ । नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिएका हुन् ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले नेष्डो समृद्ध लघुवित्तलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम जनाउने डबल बी रेटिङ दिएको छ ।