स्वावलम्बन लघुवित्तको कामु सीइओमा गोविन्द चापागाई नियुक्त |

काठमाडौं । स्वावलम्बन लघुवित्तको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा गोविन्द चापागाई नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको आइतबार (फागुन १५ गते) बसेको बैठकले चापागाईलाई सीइओमा नियुक्त गरेको हो । चापागाईले आज सोमबार (फागुन १६ गते) देखि नै जिम्मेवारी सम्हालेका छन् । यसअघि स्वावलम्बनमा उदय राज खतिवडाले प्रमुख कार्यकारीको पद सम्हाल्दै आएका थिए ।