मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको अध्यक्षमा संजय कुमार श्रेष्ठ |
काठमाडौं । मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको अध्यक्षमा संजय कुमार श्रेष्ठ चयन भएका छन् । मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको १४औँ साधारण सभाले श्रेष्ठको अध्यक्षतमा नयाँ कार्यसमिति गठन गरेको हो ।
फागुन १४ गते सम्पन्न एशोसिएसनका अध्यक्ष शुभाष आचार्यको अध्यक्षतामा आयोजित सभामा प्रमुख अतिथि नाडाका केन्द्रीय अध्यक्ष धु्रव बहादुर थापाले सभाको उद्घाटन गरेका थिए ।
सभाबाट एशोसियसनको आगामी कार्यकालका लागि गठित नयाँ कार्यसमितिमा अध्यक्ष पदमा संजय कुमार श्रेष्ठ, उपाध्यक्षमा दिल्ली आचार्य, सचिवमा मनोज विक्रम साह, सह–सचिवमा रुपेश बराल, कोषाध्यक्षमा जीवन पोख्रेल, सदस्यमा ओम प्रकाश शर्मा, रवी अग्रवाल, दिव्य राज घिमिरे, निसार अहमद्, राजेश कुमार भगत, शैलेन्द्र कुमार साह, मनोज कुमार चौधरी र गंगा प्रसाद शर्मा सर्वसम्मत रुपमा चयन भएका हुन् ।
सभामा मोरङ्ग व्यापार संघका उपाध्यक्ष अनिल कुमार साह, नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेति, पत्रकार महासंघ, मोरङका अध्यक्ष संजीव खनाल, जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायव निरीक्षकले आ–आफ्नो मन्तव्य राख्दै शुभकामना व्यक्त गरेका थिए ।
सभामा जिल्ला ट्राफिक कार्यालयका जवान चन्द्रकला विष्ट र रोशन कुमार चौधरी र अटो पत्रकार एवं आवर विराटनगर डट नेटका सञ्चारकर्मी राकेश कर्णलाई प्रमाण पत्र र नगद राशी सहित सम्मान गरिएको थियो ।