हिमालयन जनरल इन्सुरेन्सको मूल्य समायोजन |

काठमाडौं । हिमालयन जनरल इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ६.६५% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ६८४ रुपैयाँ ४८ पैसा तोकिएको छ ।
यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुल्नेछ । इन्सुरेन्सले फागुन ३० गते वार्षिक साधारण सभाको लागि आज सोमबार (फागुन १६ गते) बुक क्लोज गरेको हो ।
फागुन १५ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ६.६५% बोनस सेयर र कर तिर्न ०.३५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभा भर्चुअल माध्यमबाट हुनेछ ।