हिमालयन जनरल इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन |

काठमाडौं । हिमालयन जनरल इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज (फागुन १५ गते) अन्तिम दिन हो । फागुन ३० गते साधारण सभा डाकेको कम्पनीले सोमबार (फागुन १६ गते) बुक क्लोज गर्दैछ ।
यसर्थ, आजसम्म कायम सेयरधनीले लाभांश र सभामा भाग लिन पाउनेछन् । सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभा भर्चुअल माध्यमबाट हुनेछ ।
कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ६.६५% बोनस सेयर र कर तिर्न ०.३५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ ।
चालु आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।