मोटरहेडको आधिकारिक मर्मत केन्द्र आँबुखैरेनीमा |
काठमाडौं । मोटरहेड ब्राण्डको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले तनहुँको आँबुखैरेनीमा आफ्नो आधिकारिक मर्मत केन्द्र विस्तार गरेको छ।
यही फागुन १० गते एक समारोहबीच उक्त मर्मत केन्द्रका सञ्चालक सुनिल क्षेत्रीबाट केन्द्रको उद्घाटन गरिएको हो।
कम्पनीले सो मर्मत केन्द्र ५ वर्षदेखि यसै क्षेत्रमा आवद्ध विश्वकर्मा वर्कशपका प्रोप्राइटर सुनिल क्षेत्रीलाई आधिकारिकता प्रदान गरेको हो।
अनुभवी र दक्ष स्थानीय ग्यारेजलाई प्राथमिकता दिँदै कम्पनीले मोटरहेडबाइकसम्बन्धी थप तालिम उपलब्ध गराउँदै पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने आफ्ना मोटरहेड बाइकका ग्राहकलाई साथै गोर्खा, दमौली, लम्जुङ्गमा रहेका आफ्ना ग्राहकहरुलाई सेवामा सहजता दिलाउन यस आधिकारिक मर्मत सेन्टरका जिम्मेवारी लिएको जानकारी यस वर्कशपका सञ्चालक क्षेत्रीले दिए।
उनको अनुसार आजको मितिमा निरन्तर तथा चलायमान रहेको यस ब्राण्डले सहज रुपमा पार्ट्स उपलब्ध गराउन सफल रहेको देखेर नै यस ब्राण्डको आधिकारीक मर्मत केन्द्र लिएको थप जानकारी गराए।
हेर्दा नयाँ लुक्स, डिजाइन र फरक सेग्मेन्टमा उपलब्ध यी ब्राण्डका वाइकहरुमा आफ्नो पनि उत्तिकै चासो भएको हुनाले अबका आउने दिनमा यस ब्राण्डका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै, हाइवे राइडरहरुलाई सहज रुपमा मोटरहेडका पार्ट्स पनि उपलब्ध गराउने थप उद्देश्य रहेको बताए ।
केन्द्रको उद्घाटन गरी विभिन्न अफर दिँदै २ दिने एक्सचेन्ज क्याम्प पनि सञ्चालन गरेको थियो। जसमा ३ वटा मोटरसाइकल बिक्री भएको विश्वकर्मा वर्कशपका प्रोप्राइटर सुनिल क्षेत्रीले जानकारी गराए।