१ वर्षमा निसानले बेच्यो १४ सय ९९ सय म्याग्नाइट |
काठमाडौं । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले गत फेब्रुअरी २२, २०२१ मा निसान म्याग्नाइट सार्वजनिक गरिएसँगै एक वर्षभित्र एक हजार चार सय ९९ वटा निसान म्याग्नाइट नेपालमा बिक्री गरेको छ ।
नेपाल प्रवेश गरेसँगै अहिलेसम्म निसान म्याग्नाइट दुई हजार दुई सय २६ वटा बुकिङ्ग भइसकेको कम्पनीले जनाएको छ । एक वर्षको वार्षिकोत्सव पायोनियर मोटो कर्पका लागि कोशेढुंगा साबित भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार एक वर्षको छोटो समयावधिमा नै यो एसयूभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको छ ।
यसका साथै निसान म्यागनाइटले ‘कम्प्याक्ट एसयूभी अफ द इयर’, टप गियर अवार्डस २०२१, ‘ड भ्यालू फर मनी कार अफ द इयर’का–अटोकार अवार्ड्स ‘अटोमोबाइल ग्याजेट अफ द इयर’ र कार एण्ड बाइक्स २०२१ को विजेता हुनुका साथै सुरक्षा ग्लोबल एनक्यापमा ४ स्टार रेटिङ हासिल गर्न सफल भएको छ ।
पायोनियर मोटो कर्पका प्रबन्धनिर्देशक सन्दीप कुमार सारडाले निसान म्याग्नाइटको लागि अपार माया र समर्थन देखाएको भन्दै ग्राहकलाई धन्यवाद दिए ।