रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन |
काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट प्रालिका सञ्चालक राजेश खरेलको असामयिक निधन भएको छ । २०७८ फागुन ५ गते ४५ वर्षको उमेरमा उनको निधन भएको हो ।
स्व. खरेलले नेपाली बजारमा सिमेन्ट उद्योग क्षेत्र अन्तर्गत उत्कृष्ट गुणस्तरका उत्पादन तथा सेवा उपलब्ध गराउँदै देश तथा जनताका लागि उल्लेखनिय योगदान पुर्याउँदै आइरहेका थिए । एक दिर्घकालिन सोच बोकेका सफल युवा उद्यमी तथा रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन भएको कम्पनीले बताएको छ ।
विसं. २०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापित रिद्धि सिद्धि सिमेन्ट, शंकर ग्रुप र अम्बे गु्रपको भेन्चर हो । स्थापना कालको ५ बर्ष भित्रै अतुलनीय गुणस्तरका उत्पादन तथा नव प्रवर्तनात्मक सेवा उपलब्ध गराउने कम्पनीका रुपमा रिद्धि सिद्धि स्थापित भइसकेको छ ।
सिमेन्ट उत्पादन प्लान्टका लागि अत्याधुनिक प्रविधिका साथ उत्पादनको गुणस्तरार्थ मानक स्थापना गर्नु र पारदर्शिता दिँदै नेपाली समाजका लागि बलियो आधार निर्माण गर्ने कम्पनीको भिजन रहेको छ ।
यही भिजनलाई आत्मसात गर्दै दृढताका साथ अघि बढीरहेका उनको अभाव कम्पनीका लागि मात्र नभइ समग्र सिमेन्ट उद्योगले नै महशुस गरिरहने कम्पनीको भनाइ छ ।