नेप्सेमा नेशनल हाइड्रोपावरको शेयरमूल्य समायोजन |
काठमाडौं । बिहीवार नेप्सेले नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको प्रस्तावित १८ दशमलव ५३ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।
कम्पनीको बिहीवार कायम अन्तिम शेयरमूल्य ४१५ रुपैयाँको आधारमा मूल्य नेप्सेले बोनस पछिको मूल्य ३५० दशमलव १४ तोकेको हो । आइतवार नेप्सेले गरेको समायोजन मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ ।