अभिनेता पल शाहविरुद्ध समीक्षाले दिइन् किटानी जाहेरी |
काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएका हुन् ।
यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।
विवाहको प्रलोभन देखाई अभिनेता शाहले आफूलाई जबरजस्ती करणी गरेको गायिका अधिकारीले जाहेरीमा उल्लेख गरेकी छिन् । एक म्युजिक भिडियो सुटिङका बेला शाहले जवरजस्ती करणी गरेको उनको आरोप छ ।
अधिकारी नाबालिका हुन् । कानुनतः १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि जबर्जस्ती करणी मानिन्छ ।