२६ किलोमिटर माइलेज दिने सुजुकी सेलेरियो नेपालमा सार्वजनिक |
काठमाडौं । सर्वाधिक माइलेज दिने सुजुकी सेलेरियो नेपाली बजारमा सार्वजनिक भएको छ।
नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डीङ्ले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरियो नेपाली बजारमा ल्याएको हो। कम खर्च र बढी माइलेजका कारण ग्राहकले रुचाउने कम्पनीको दाबी छ।
के के छन विशेषता?
सुजुकीले ल्याउन लागेको सेलेरियो उत्कृष्ट फिचर नै माइलेज हो। हार्टेक्ट प्लेटफर्ममा आधारित नयाँ सेलेरियो नेपालको सबैभन्दा बढी माइलेज दिने कार हुने समेत कम्पनीको दावी छ। माइलेज बढाउन सो कारमा आइडल स्टार्ट–स्टप फिचर समेत दिइएको छ।
नयाँ जेनेरेशन सेलेरियोमा १.० लिटर ड्यूलजेट इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ६६ हर्स पावर र ८९ एनएम टर्क प्रदान गर्छ। इन्जिनले २६.६८ किलोमिटर प्रतिलिटरको उच्च माइलेज दिने कम्पनीले जनाएको छ। यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध छ।
सेलेरियोको लम्बाई ३६९५ एमएम, चौडाई १६५५ एमएम, उचाई १५५५ एमएम, २४३५ एमएम ह्वीलवेस र १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। यसमा ३१३ लिटर क्षमताको बुट स्पेश र ३२ लिटरको इन्धन ट्याङ्की रहेको छ।
नयाँ सुजुकी सेलेरियोमा अपडेटड हेडल्याम्प, बम्पर र टेलल्याम्प उपलब्ध गराइएको छ भने यसमा एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन लगाएतका विशेषता पनि उपलब्ध छन्।