चैत भित्रै साझाका ३ ओटा विद्युतीय बस काठमाडौं आउँदै, बाँकी ३७ ओटा सडक प्रशिक्षणपछि मात्रै आउने |
काठमाडौं । साझा यातायातले आगामी चैत महिना भित्रै काठमाडौंमा विद्युतीय बस ल्याउने भएको छ । हाल साझा यातायातका ४० ओटा विद्युतीय बस चीनको नयान्जिंग स्थित कारखानामा बनिरहेका छन् ।
सोमबार साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सोमबार सामाजिक सञ्जालमा एक फोटो सार्वजनिक गर्दै ४० ओटा बस ल्याउने तयारी गरेको जानकारी दिए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन ‘साझा यातायातको बिजुली बस तयारीको क्रममा चीनको नयान्जिंग स्थित कारखानामा बन्दै गरेको छ । ४० बसमा तीन ओटा बस चैत २०७८ भित्र आईसक्ने, उपत्यकाका सडक÷रूटमा प्रशिक्षण सफल पछि बाँकी ३७ आउने छन’ ।
‘बिजुली यातायात शुरू गर्न हामी प्रतीक्षामा छौँ।’ दीक्षितले भने ।