सूचीकृत कम्पनीको वर्गीकरणका लागि विवरण उपलब्ध गराउन नेप्सेले जारी गर्यो सूचना |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीको वर्गीकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ । नेप्सेले फागुन २३ गतेसम्म कार्यालय समयभित्र आइपुग्ने गरी आवश्यक विवरण बुझाउन अनुरोध गरेको छ ।
कम्पनीहरुले नेप्सेको इमेलमा पनि आवश्यक विवरण पठाउन सक्नेछन् । धितोपत्र सूचीकरण विनियमावली अनुसार सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गर्नुपर्ने व्यवस्था भएकाले फागुन २३ गतेसम्म कम्पनीहरुले फारम भरी पठाउनु पर्नेछ ।