नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा ल्यायो आकर्षक अफर |

काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले आकर्षक अफर ल्याएको छ । यस अवसरमा भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गरिने टेलिकमको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै एमपोसबाट गरिने रिचार्जमा समेत डाटा बोनस उपलब्ध गराउने टेलिकमले जनाएको छ । सो अफर शनिबार परेको प्रजातन्त्र दिवसको दिनमात्र उपलब्ध हुनेछ ।
यस्तै नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ । साथै, एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुने टेलिकमको सह–प्रवक्ता रञ्जित लोहियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।