७४७ कोरोनाभाइरस संक्रमित थपिए, ८ को मृत्यु |

काठमाडौं । पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३१९ जना निको हुँदा ८ जनाले भने ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६९६ जनामा नमुना परीक्षण भएको थियो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९३ हजार ५४१ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ६७७ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ४० हजार ९०२ जना निको भएका छन् ।
यस्तै हालसम्म कोरोनाबाट कुल ११ हजार ९०० जनाको मृत्यु भएको छ । हाल देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् ।