बीपीडब्लू लघुवित्तको आइपीओ जारी गर्न विक्री प्रबन्धक नियुक्त |
काठमाडौं । बीपीडब्लू लघुवित्त संस्था लिले साधारण शेयर(आईपीओ) जारी गर्ने भएको छ । संस्थाले ९७ हजार युनिट साधारण शेयर जारी गर्न विहीबार मेगा क्यापिटललाई विक्री प्रवन्धक नियुक्त गर्न सम्झौता भएको छ ।
तीन करोड चुक्तापुँजी रहेको संस्थाको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा रहेको छ । सस्थाले पुष ३० गते बसेको साधारणसभाले आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।