ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई भ्यालेन्टाइन्स डे को अवसरमा १५% क्यासब्याक |

काठमाडौं । ग्लोबल आइएमई बैंकले भ्यालेन्टाइन्स डेको अवसरमा बैंकका ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने झुक्तानीहरुमा १५% क्यासब्याक प्रदान गर्ने भएको छ ।
बैंकका ग्राहकहरुले भ्यालेन्टाइन्स डेको अवसर पारेर आफ्ना प्रियहरुसंग माया, सद्भाव मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न फाल्गुन १ तथा २ गते सरसामान खरिद गर्दा “मेरी उनीलाई” लेखी क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत वा अधिकतम २०० रूपैयाँसम्म क्यासब्याक पाउने छन् ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
बैंकको २७ लाख भन्दा बढि ग्राहकसिहत २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रहरू रहेका छन् ।