किसान लघुवित्तको नाफा २१.६३ प्रतिशतले बढ्यो |
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ४ करोड ५२ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ७२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा २१ दशमलव ६३ प्रतिशत बढी भएको हो ।
गत वर्षभन्दा यस वर्ष ८३ दशमलव २२ प्रतिशत बढी रू. ६ करोड ५४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले ७१ दशमलव ८४ प्रतिशत कम खराब कर्जा संकलन गरेको छ । गत वर्ष रू. २ करोड २७ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू.६४ लाखभन्दा बढी मात्र खराब कर्जा संकलन गरेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा ४० दशमलव १२ प्रतिशत कम रकम सम्भावित जोखिमका लागि छुट्याएको छ ।
गत वर्ष रू. ६ करोड ७५ लाखभन्दा बढी सम्भावित जोखिमका लागि रकम छुट्याएको कम्पनीले यस वर्ष रू. ४ करोड ४ लाखभन्दा बढी मात्र छुट्याएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ३९ करोड २८ लाख ८ हजार रहेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम २४३ दशमलव ५२ प्रतिशत बढी रू. ३७ करोड १३ लाखभन्दा बढी पुगेको छ । कम्पनीले यस वर्ष २८ दशमलव ३४ प्रतिशत बढी रू. ५ अर्ब ११ करोड कर्जा सापटी लिएको छ भने ३४ दशमलव ९६ प्रतिशत बढी रू. ६ अर्ब ७३ करोड ४२ लाख कर्जा प्रवाह गरेको छ ।
यस वर्ष कम्पनीले २३ दशमलव ११ प्रतिशत बढी रू. १ अर्ब २७ करोड ९२ लाख निक्षेप संकलन गरेको छ । गत वर्ष ७ दशमलव ५० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ७३ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २३ दशमलव ०४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १९४ दशमलव ४४ रहेको छ ।