नयाँ सारथी लघुवित्तको नाफा ९.५ प्रतिशत घट्यो |
काठमाडौं । नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा साढे ९ प्रतिशत घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ५ करोड ११ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ४ करोड ६३ लाखमा झरेको हो ।
त्यसैगरी सञ्चालन नाफा गत आवको दोस्रो त्रैमासमा रू. ३६ करोड २ लाख ऋणात्मक रहेकोमा चालू आवको सोही अवधिका सुधारिएर रू. ७ करोड ७५ लाख धनात्मक भएको छ । खुद ब्याज आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ प्रतिशतले वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. ११ करोड ६१ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १३ करोड २८ लाख पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. २५ करोड ४९ लाख रहेको छ भने जगेडामा रू २७ करोड ७५ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू.२ अर्ब ६७ करोड सापटि लिएर,रू९३ करोड ४४ लाख निक्षेप संकलन गरेर रू. ४ अर्ब ४ करोड कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३६ दशमलव ३४(वार्षिकीकरण),मूल्य आम्दानी अनुपात ३८ दशमलव २२,तरलता अनुपात ३ दशमलव ९५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २०८ दशमलव ८६ रहेको छ ।