आइएमई जनरल इन्स्योरेन्स को हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन बिहिवार |

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सुक्षित गर्ने अन्तिम दिन बिहिवार सम्म रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते एक दिन बुक क्लोज गरेकाले माघ २७ गते बिहिवार सम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले ४० प्रतिशत आर्थात १०ः४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि बुक क्लोज मिती तय गरेको हो । कम्पनीले रू. १ सय अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।