क्रिप्टोकरेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी |
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई क्रिप्टो करेन्सीको कारोबारुमा संलग्न नहुन आग्रह गरेको छ ।
आज मंगलबार क्रिप्टो करेन्सी तथा नेटवर्क मार्केटिङ सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले जारी गरेको चेतनामुलक सामग्रीमा केन्द्रीय बैंकले नेपालीहरु पनि क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको सूचना प्राप्त भएको भन्दै यस्तो कारोबारमा संलग्न नहुन आग्रह गरेको हो ।
छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टो करेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आबद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुने तथा कानुनी झन्झट आउन सक्ने भएकाले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन राष्ट्र बैंकले आग्रह गरेको हो ।
यस्तो कारोबारले गर्दा वित्तीय ग्राहक सुरक्षामा समेत चुनौती थपिने, ठगी कर छली जस्ता कृयाकलापहरु बढ्ने, वित्तीय स्थायित्व तथा मौद्रिक नीतिमा असर गर्ने राष्ट्र बैंकको भनाइ छ ।
यस्तो छ, राष्ट्र बैंकले जारी गरेको चेतनामुलक सन्देश–