कुमारी बैंकको कामु सीइओमा रामचन्द्र खनाल नियुक्त |
काठमाडौं । कुमारी बैंकको कामु सीइओमा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले यसअघि कुमारीमै चिफ अपरेटिङ अफिसर रहेका खनाललाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरी कामु सीइओको जिम्मेवारी दिएको हो । खनाल अनुभवी बैंकर हुन् ।
बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमल्सिना र नायब प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिनाले राजीनामा दिएपछि खनाले यो अवसर पाएका हुन् । बैंक सञ्चालक समितिले स्वेच्छिक अवसका स्कीम (भीआरएस) ल्याएको थियो । त्यसपछि व्यवस्थापन तहका २ जना उच्च पदाधिकारीले राजीनामा दिएका हुन् ।