तीन लघुवित्तको वित्तीय विवरण सार्वजनिक |
काठमाडौं । शुक्रबार तीन लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । छिमेक लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
कुनले कति नाफा कमाए ?
छिमेक लघुवित्त वित्तीय संस्था
छिमेक लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९ प्रतिशत घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ६१ करोड ५४ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ४९ करोड ८४ लाखमा सिमित भएको हो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । सञ्चालन नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९ प्रतिशत घटेको छ । त्यसैगरी कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ अर्ब १२ करोड खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा १३ प्रतिशत वृद्धि भएको हो ।
गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू.९८ करोड ४१ लाख खुद ब्याज आम्दानी गरेको थियो । चालू आवको दोस्रो त्रैमासमा नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी रू. ६७ दशमलव २७ रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ४२ दशमलव ८९ मा झरेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ३२ करोड रहेको छ भने जगेडामा रू. १ अर्ब २८ करोड, रिटेण्ड अर्निङमा रू. १ अर्ब ७ करोड र शेयर प्रिमियममा रू. ४ करोड ९ लाख सञ्चित गरेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ३२ दशमलव १३ गुणा, तरलता अनुपात २६ दशमलव १७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २०३ दशलमव २६ रहेको छ ।
सूर्योदय लघुवित्त वित्तीय संस्था
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ६ करोड ४४ लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले गत वर्षभन्दा यस वर्ष ५ दशमलव ४५ गुणा बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १ करोड १८ लाखभन्दा बढी यो नाफा गरेको थियो ।
यस वर्ष गत वर्षभन्दा कम्पनीको सञ्चालन नाफा ८ दशमलव ६६ गुणा बढी भएको छ । गत वर्ष रू. ४७ लाख ३७ हजार मात्र सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ४ करोड १० लाखभन्दा बढी यो नाफा गरेको हो । यस वर्ष कुल सञ्चालन आम्दानी रू. २२ करोडभन्दा बढी भएकाले सञ्चालन नाफा बढ्न गएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको कुल सञ्चालन आम्दानी रू. ७ करोड ३३ लाखभन्दा बढी थियो ।
यस वर्ष कम्पनीको खराब कर्जा संकलन ४ दशमलव ३६ गुणा बढी भएको छ । गत वर्ष रू. १ करोड ४० लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ६ करोड १२ लाखभन्दा बढी यो कर्जा संकलन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ५१ हजार रहेको छ भने जगेडा कोष रकम रू. १९ करोड ५८ लाखभन्दा बढी छ ।
गत वर्षभन्दा ७८ प्रतिशत बढी रू. ३ अर्ब १६ करोड २७ लाख कर्जा सापटी लिएको कम्पनीले ८१ प्रतिशत बढी रू. ५ अर्ब ३ करोड ४४ लाख कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन गत वर्षभन्दा ४१ दशमलव ९५ प्रतिशत बढी रू. १ अर्ब ७१ करोड ४१ लाख भएको छ । गत वर्ष २ दशमलव ९३ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ०४ पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ४३ दशमलव ३१ र प्रतिशेयर नेटवर्थ रू. १६५ दशमलव ७९ छ ।
सपोर्ट लघुवित्त वित्तीय संस्था
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ९९ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ३७ दशमलव ३३ प्रतिशत घटेको हो । गत वर्ष यस अवधिमा कम्पनीले रू. १ करोड ५८ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी घटेकाले सञ्चालन नाफा घट््न गई खुद नाफामा असर पुगेको हो ।
गत वर्ष रू. ५ करोड १४ लाख कुल सञ्चालन आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ४ करोड ४४ लाखभन्दा यो आम्दानी गरेको हो । जसका कारण कम्पनीको सञ्चालन नाफा पनि ३७ दशमलव ३३ प्रतिशतनै कम भएको छ । गत वर्ष रू. २ करोड ५० लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ५७ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।
३० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बृद्धि गरी रू. ८५ करोड ८ लाख पुगेको छ । कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ७ दशमलव ११ प्रतिशत बढेर रू. ४ करोड ५ लाखभन्दा बढी पुगेको छ । गत वर्षभन्दा १३ दशमलव ८८ प्रतिशत बढी रू. ८९ करोड ९६ लाख कर्जा सापटी लिएको कम्पनीले ११ प्रतिशत बढी रू. १ अर्ब १६ करोड ३१ लाख कर्जा प्रवाह गरेको छ । यस वर्ष कम्पनीको निक्षेप संकलन १० प्रतिशत बढी रू. २३ करोड १४ लाखभन्दा बढी भएको छ । निष्क्रिय कर्जा गत वर्ष २ दशमलव ६२ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३ दशमलव ७४ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २३ दशमलव ०९ र प्रतिशेयर नेटवर्थ रू. १४७ दशमलव २९ रहेको छ ।