१४.५८ अंक घट्यो नेप्से, कारोबार रकम पनि घट्यो |
काठमाडौं । लगानीकर्ताले प्रोफिट बुक गर्न थालेपछि बिहीबार नेप्से सूचक प्रभावित भएको छ । यस दिन नेप्से सूचक १४.५८ अंकले घटेर २८७६.७५ विन्दुमा अडिएको हो । कारोबार रकममा भने थप वृद्धि भएको छ । ८ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी रकमको सेयर किनबेच भएको हो । २ कम्पनीको सेयर सकारात्मक सर्किट लाग्ने गरी कारोबार भएको छ । बिहीबार कारोबारको पहिलो प्रहरमा नेप्से सूचक दोहोरो अंकले बढेको थियो ।
तर यसरी बढेको बजारमा नाफा बुक गर्नेहरु हावी हुन थालेपछि कारोबारको अन्तिम प्रहरमा सूचक दबाबमा परेको हो । बिक्रीकर्ता हावी भएपछि सूचक रातो बनेको हो । तथापि, पछिल्ला दिनहरुमा औसतमा बजार बढ्दोक्रममा नै रहेको छ । बजारमा ट्रेडरहरु हावी भइरहेका छन् । थोरै नाफा हुँदा बेच्नेहरु सक्रिय हुँदा सूचक प्रभावित भएको हो ।
बजार सधैं एउटै गतिमा हिँड्दैन । घटबढ गर्दै अघि बढ्ने हो । यही नियम बिहीबार लागू भएको विश्लेषकहरुले बताएका छन् । तथापि, समग्रमा बजार बुल रनमै रहेको छ । केही करेक्सनहरुका बाबजुत बजारले फेरि अप ट्रेन्ड समाउने अनुमान गरिएको छ ।
पछिल्ला दिनहरुमा बजार औसतमा सकारात्मक गतिमा रहेको छ । हाम्रो सेयर बजारलाई सधैं नीतिगत विषयले प्रभाव पार्दै आएको छ । यसअघि पनि केन्द्रीय बैंककै सेयर धितो कर्जाको सीमाका कारणले बजार ओरालो लाग्न थालेको थियो । यही बेला बजारमा तरलता अभाव र ब्याजदर वृद्धि पनि भयो ।
यसले बजारलाई झनै अप्ठेरोमा पारेको थियो । तर अहिले फेरि नीतिगत परिवर्तनहरु गरिएका छन् । तरलता सहज पार्ने टुल्सहरुको पनि प्रयोग गरिएको छ । केन्द्रीय बैंकले आयातमा कडाई गरेको । डलर सटहीमा कडाई गरिएको छ । यस्तै, बैंकहरुले निक्षेपको ब्याजदर बढाएका पनि छैनन् । यी परिदृश्यहरुमा बजारको औसत गति सकारात्मक हुने धेरैको अपेक्षा छ ।
यस्तै, लगानीकर्ताहरुले मुलुकको समग्र अर्थतन्त्र, तरलता अवस्था, ब्याजदर लगायतका पक्षमा पनि ख्याल गर्दै अघि बढ्नुपर्ने हुन्छ । बजारको गति सधैं एकनाशको हुँदैन । घटबढ हुन सक्ने तथ्यलाई पनि ख्याल गर्दै सोही अनुसार रणनीति तय गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् । जोखिम बहन क्षमता र होल्ड गर्न सक्ने अवधिका बारेमा ध्यान दिन आवश्यक हुन्छ ।
यस्तै, लगानीकर्ताहरुले मुलुकको समग्र अर्थतन्त्र, तरलता अवस्था, ब्याजदर लगायतका पक्षमा पनि ख्याल गर्दै अघि बढ्नुपर्ने हुन्छ । बजारको गति सधैं एकनाशको हुँदैन । घटबढ हुन सक्ने तथ्यलाई पनि ख्याल गर्दै सोही अनुसार रणनीति तय गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् । जोखिम बहन क्षमता र होल्ड गर्न सक्ने अवधिका बारेमा ध्यान दिन आवश्यक हुन्छ ।
आम लगानीकर्ताले सकेसम्म सबल वित्तीय सूचक भएका कम्पनीहरुमा आधारभूत अवस्था अध्ययन गरेर भ्याल्यू इन्भेष्टमेन्टको अवधारणालाई अवलम्बन गर्न सके बजारबाट लाभ लिन सकिने विश्वास गर्न सकिन्छ । यस्तै, कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ । कम्पनीको नाफा, रिजर्भ, लाभांश क्षमता, इपीएस, पीइ रेसियोका साथमा व्यवसाय विस्तारको सम्भावनातर्फ पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ ।