मोदी इनर्जीको वार्षिक साधारण सभा फागुन १० मा |
काठमाडौं । मोदी इनर्जी लिमिटेडको वार्षिक साधारण सभा फागुन १० गते हुने भएको छ । सभा डिल्लीबजार काठमाडौं स्थित रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे शुरु हुने जानकारी गराएको हो । सभाले आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
साथै सभाले कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । कम्पनीको नियमावलीको नियम १३ संशोधन गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभ ागर्ने निर्णय गरेको हो ।